Comments Add Comment

२४ घण्टामा थपिए १,२०१ जना कोरोना संक्रमित, ८५२ जना डिस्चार्ज

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ८५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० रहेको छ। ६ हजार ३ सय ५४ जना क्वारेन्टिनमा रहेका छन्।

https://www.facebook.com/mohpnep/videos/1634935983332123/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर