यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

४ लाख घुस लिएको आरोपमा हवल्दार पक्राउ


इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनी चार लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनी श्रीमती निर्मला केवट पनि पक्राउ परेकी छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले रुपन्देहीको सियारी गाउँपालिका–७ स्थित खनाल मिठाई पसल छेउबाट शुक्रबार अपराह्न साढे २ बजे दसीसहित नियन्त्रणमा कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । एक जना अभियुक्तलाई धरौटीमा छुटाउन सहयोग गरेवापत घुस लिन लागेको भन्ने सूचनाका आधारमा हवल्दार र उनकी श्रीमती पक्राउ परेको जनाइएको छ ।