वागमती प्रदेशमा कोरोना संक्रमण गम्भीर अवस्थामा रहेका १३ जनालाई भेन्टिलेटरमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वागमती प्रदेशमा ७१ जनालाई आइसीयू र थप १३ जनालाई भेन्टिलेटरमा राखिएको हो । विज्ञहरुका अनुसार गम्भीर अवस्थाका कोरोना संक्रमितलाई भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने हुन्छ। भेन्टिलेटरमा राखिएको व्यक्ति कमैमात्र निको हुने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बताए । काठमाडौं उपत्यकाका तीन जिल्लासहित १३ जिल्ला रहेको सो प्रदेशमा पछिल्लो दिन संक्रमण दर ह्वात्तै बढेको छ। प्रदेशमा १६ जनाको आइसीयूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।