मकवानपुर प्रहरीले लागु औषध गाँजासहित तीन जना पक्राउ गरेको छ । हेटौंडा–१ पालुङ बसपार्कबाट तरकारीको बोरामा लुकाई ल्याएको ६९ किलो ५०० ग्राम गाँजासहित तरकारी बोकेको अटो र तिन जना पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ना १ ह ७६३८ नम्बरको अटोलाई चेकजाँज गर्दा तरकारीको बोरा भित्र लुकाई छिपाई ल्याएको ६९ किलो ५०० ग्राम लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अटो चालक चालक मकवानपुरको कैलाश गाउँपालिका ५ कटहरे घर भई हाल हेटौडा–७ कमाने बस्ने ३४ बर्षीय सिताराम मोक्तान, कैलाश–१ बस्ने ३३ बर्षीय अमर बहादुर गिरी र सोही ठाउँ बस्ने २६ बर्षीय ईन्द्र बहादुर मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ। पक्राउ गरिएको गाँजा र मानिसलाई मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।