हेटौँडा –  शनिबार हेटौँडामा भएको स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । फरेष्ट्री खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली मकवानपुर–११ लाई एक गोल गर्दै आर्मीले उपाधि माथि कब्जा जमाएको हो । पहिलो हाफको ३९ औ मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीले गरेको गोलनै उपाधिका लागि निर्णायक रह्यो ।

आयोजक क्लब मकवानपुर–११ ले खेलमा गोल गर्न पाएको थुप्रै मौका गुमाउदै उपविजेतामा चित्त बुझाउनु परेको छ । खेलको म्यान अफ दी म्याच आर्मीका टेक बहादुर बुढाथोकी घोषित भए । उनले नगद दशहजार रुपैँया प्राप्त गरे ।

त्यसैगरी, लाईफ टाईम एचिवमेन्ट अवार्डबाट पुर्व खेलाडी निर्मल बल लामालाई प्रदान गरिएको छ । विधागत पुरस्कृत हुनुहुने खेलाडीहरुमा खेलको उत्कृष्ट गोलरक्षक आर्मीका विवश चौधरी, उत्कृष्ट डिफेन्डर आर्मीका दीपक गुरुङ ,उत्कृष्ट मिडफिल्डर आर्मीकै सेसेहाङ आङदाम्वे, उत्कृष्ट फरवार्ड मकवानपुर–११ का रञ्जन विष्ट, उत्कृष्ट प्रशिक्षक आर्मीका प्रशिक्षक नवीन न्यौपाने घोषित भए । उनले जनही २५ हजार सहित ट्रफी प्राप्त गरेका छन् ।

हेटौंडामा रहेको हेटौंडा स्कुल अफ म्यानेजम्यान्टले प्रायोजन गरेको ५ लाख ५० हजारको बुलेट बाइक सर्वोत्कृष्ट खेलाडीको रुपमा मकवानपुर–११ खेलाडी अमिर श्रेष्ठले हात पारे । बाइकसँगै उनले आयोजकको तर्फबाट ५० हजार सहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्लबले नगद १० लाख रुपैँया सहित रनिङ शिल र उपविजेता मकवानपुर–११ ले नगद ५ लाख रुपैँया रनिङ शिल्ड प्राप्त गरेका छन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो । कार्यक्रममा विजेता/ उप–विजेता र खेलाडीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महत लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सोही अवसरमा राष्ट्रिय महिला खेलाडी पेमा लामालाई आयोजक सहित अन्य विभिन्न संघसंस्थाले नगद सहयोग प्रदान गरिएको थियो ।

हेर्नुहोस तस्बिरहरु

📷 सुरज दाहाल

तस्बिर :ओम फुयाँल

May be an image of 8 people, people standing, motorcycle and outdoors

May be an image of 6 people, people standing and motorcycle

May be an image of 9 people, people standing, motorcycle and outdoors

May be an image of 7 people, people standing and outdoors

May be an image of 6 people, people standing and outdoors

May be an image of 6 people, people standing and outdoors

May be an image of 8 people, people standing and outdoors

May be an image of 6 people, people standing and outdoors

May be an image of 6 people, people standing and outdoors

May be an image of 1 person, standing and outdoors

May be an image of 2 people, people standing and outdoors

May be an image of 6 people, people standing, bicycle, indoor and text that says 'A2 K S S जिसस सथाजक रघुनाथ खुलाल Himalaya'