हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा महालक्ष्मी विकास बैंक लिमिटेड कमाने शाखाले एटीएम सेवा सुरु भएको छ । शाखाले बिहिवारबाट एटीएम सेवा सञ्चालनमा ल्याएको हो । सेवा सुरु भएपछि स्थानीयले एटीएम सेवाको लागि बजार धाउनुपर्ने बाध्यताबाट मुक्त हुने शाखा प्रमुख रोशन सेन गुप्ताले बताए । गुप्ताका अनुसार हेटौंडा ७, ८ र ९ का सेवाग्राहीलाई उक्त सेवाबाट लाभ हुनेछ ।