हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ४ मा रहेको हेटौँडा क्याम्पसमा स्तानक तह दोस्रो वर्षको परिक्षा दिन आएका ३ जना विद्यार्थीहरुमाथि क्याम्पसका कार्यालय सहयोगीले अभद्रदुव्र्यवहार गरेको भन्दै बुधबार क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरुले ढुङ्ग मुडा गरेर तोडफोड गरी फुटाएको झ्यालका सिसाहरु र फुलका गमलाहरु सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आफैले पैसा उठाएर फेरेका छन् । बिहिबार विद्यार्थीहरु आफैले पैसा उठाएर क्याम्पसको पुर्वतर्फको झ्यालका सिसाहरु र गमलासहितको फुलहरु फेरिएका हुन् ।

तोडफोडबाट क्षति पुगेको १४ वटा झ्यालको सिसा र ४ वटा झ्यालको यूपीभीसी प्यानल क्याम्पसका विद्यार्थीहरूले १ सयदेखि २ सय रुपैयाँसम्म संकलन गरी बिहीबार जडान गरिएको स्नातक तह चौथो वर्षमा अध्ययनरत राजिव फुयाँलले बताए । फुयाँलको नेतृत्वमा स्नातक तह चौथो वर्षको समूहले क्याम्पसमा तोडिएको सिसा जडान गरिएको उनले बताए । आफ्नै व्यक्तिगत ६ हजार रुपैयाँ खर्चमा २३ वटा फूलसहित गमला पनि राखेको फुयाँलले बताए । अर्को क्याम्पसका विद्यार्थीहरूले सिसा र गमला फुटाए पनि हाम्रो मन्दिर हामीले बनाउनु पर्छ भनेर सबैसँग पैसा उठाएर टुटेका सिसा र गमला बिहिवार फेरिएको फुयाँलको भनाई छ ।