नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको उद्घाटन गर्न प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आज हेटौंडा आईपुग्ने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार र शनिबार हुने राष्ट्रिय महाधिवेसनको तयारी पुरा भएको स्थानीय समन्वय समितिका संयोजक एंव केन्द्रीय सदस्य राममणि दाहालले बताए ।

महाधिवेसनमा संघीय संरचना अनुरुप विधान संसोधन सहित निर्वाचन कार्यक्रम समेत रहेको छ । देशभरबाट सोह्र सय भन्दा बढी प्रतिनिधिहरुको उपस्थिती रहने युनियनले जनाएको छ । सोह्र सय प्रतिनिधिलाई खाना आवासको लागि तयारी पुरा हुनुका साथै बिहिबार नै प्रतिनिधिहरु हेटौंडा आईपुगिसकेका प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी (पोष्टराज) ले बताए । महाधिवेशनमा निर्वाचन कार्यक्रम समेत रहेकाले आज उदघाटन सत्र र भोलि शनिबार निर्वाचान कार्यक्रम गरिने जनाइएको छ । आज बिहान ८ बजे उद्योग वाणिज्य संघ अगाडीबाट प्रभातफेरी गरिदैं कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा महाधिवेसन कार्यक्रम हुने प्रेस युनियन मकवानपुरका अध्यक्ष अधिकारीले बताएका छन् ।