नेपाल प्रेस युनियनको ९ औँ केन्द्रीय महाधिवेशन आजबाट सुरु हुँदैछ । बागमती प्रदेशको राजधानी हेटौंडामा आज बिहान एक समारोहकाबीच प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । महाधिवेशन आज र भोलि सञ्चालन हुने प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी (पोष्टराज) ले जानकारी दिए ।

अध्यक्ष अधिकारीका अनुसार महाधिवेशन बिहान ८ बजे प्रभातफेरीसँगै कार्यक्रम स्थलमा पुगेर प्रधानमन्त्री देउवाले उदघाटन गर्ने कार्यतालिका रहेको छ । महाधिवेशनका लागि देशभरबाट आएका करिब २ हजार जना युनियनका प्रतिनिधिहरुमध्ये १२ सय जनालाई हेटौंडा र अन्य प्रतिनिधिहरुलाई चितवनको सौराह र बाराको अम्लेख्गंजमा राखिएको अध्यक्ष अधिकारीले बताए ।