
हेटौंडा पछिल्लो समय विभिन्न खाले सामाजिक व्यवहारमा विकृति आइरहेको अवस्थामा मकवानपुरगढी गाउँपालिकाले सामाजिक व्यवहार ऐन २०७५ गाउँ सभाबाट पास गरि गाउँपालिकाभित्र ऐन लागु गर्न तर्फ लागि रहेको छ । वडामा रहेका टोलविकास समिति मार्फत होस या वडा कार्यालयबाट होस यो ऐन बारे दिने वडा नम्बर ५ का वडा अध्यक्ष जीतबहादुर घिमिरेले बताए ।
पहिलो चरणमा विद्यालयका प्रअ, टोलविकास समितिका अध्यक्ष, सञ्चारकर्मी, सहकारी संघसंस्थाका प्रतिनिधिहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु राखेर ऐन बारे छलफल गरि जानकारी गराएको अध्यक्ष घिमिरेले बताए । अबका दिनहरुमा बजार क्षेत्रहरुमा प्ले कार्ड बोकेर ¥याली गरि मदिराजन्य र सुर्तीजन्य पदार्थको विषयमा जनचेतनामुलक कार्यक्रम गर्ने कार्यनीति रहेको उनले बताए । चौथो गाउँसभाबाट पारित गरि गाउँपालिका भित्र मात्र लागु हुने गरि ऐन तयार पारी कार्यान्वयन तर्फ लागि रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीम परियारले बताए ।
उनले मदिराजन्य पदार्थ उत्पादन गर्ने क्षेत्रहरुमा महिलाहरुलाई अन्य सीपमुलक तालिम सञ्चालन गरि उत्पादनलाई विस्तारै घटाउदैं लैजाने तयारी गाउँपालिकाको रहेको बताए । मानिसमा विभिन्न खाले व्यवहार र देखासिकी गर्ने परिपाटीले गर्दा विकृति बढ्दै गइरहेकोले गाउँसभाबाट यो ऐन पास गरेको उनको भनाइ रहेको थियो । सामाजिक व्यवहारमा सुधार ल्याई स्वरोजगार उन्मुख आत्मनिर्भर मकवानपुरगढी गाउँपालिकाको परिकल्पना साकार पार्न वान्छनीय देखिएकोले मकवानपुरगढी गाउँपालिकाको चौथो गाउँसभाले यो ऐन बनाएको हो । सामाजिक व्यवहारमा सुधार ल्याई स्वरोजगार उन्मुख आत्मनिर्भर मकवानपुरगढी गाउँपालिकाको परिकल्पना साकार पार्न वान्छनीय देखिएकोले मकवानपुरगछी गाउँपालिकाको चौथो गाउँसभाले पास गरेका थिए ।

मकवानपुरगढी गाउँपालिकाबासीको सामाजिक व्यवहारमा सुधार ल्याई फजुल खर्च नियन्त्रण गर्न उत्प्रेरित गर्ने, मदिराजन्य पदार्थको उत्पादन बिक्रि वितरण र उपयोगमा नियन्त्रण गरि स्वस्थ एवमं सभ्य मकवानपुरगढी गाउँपालिकाको परिकल्पना साकार पार्नुका साथै जुवातास तथा सामाजिक विकृतीमा सुधार ल्याउने, बेरोजगारीताको माध्यमबाट आत्मनिर्भर मकवानपुरगढी गाउँपालिकाको निर्माण गर्ने, समाजमा रहेका सबै खाले असमानता विभेदको अन्त्य गरी सबै क्षेत्रमा सामाजिक शुशासन कायम गर्ने जस्ता कामलाई सहज हुने गाउँपालिका अध्यक्ष विदुर हुमागाईले बताए । समाजमा घटिरहेका बालविवाह, महिला हिंसा, बलात्कार जस्ता घटनालाई अन्त्य गर्न यो ऐन ल्याइएको हो । आगामी भदौ महिनाबाट नै ऐन सबै वडामा लागु हुने समेत अध्यक्ष हुमागाईले बताए ।
सामाजिक व्यवहार को अर्थ विवाह,न्वारन, जन्मदिवस, पास्नी चुडार्कम व्रतबन्ध बुढोपास्नी र पितृ कार्य जस्ता सामाजिक व्यवहार तथा अन्य टोल छिमेक र समाजमा गरिने सामाजिक कार्य समेतलाई जनाउने ऐनमा उल्लेख रहेको छ । ऐनमा जुवातास भन्नाले नगदी जिन्सी लेनदेन हुनेगरि वा नहुने गरि बाजि राखी खेलिने तास जुवा, लुडो, लङ्खुरबुर्जा, पुलहाउस, क्यारम र त्यस्तै प्रकारका अन्य खेल सम्झनु पर्ने व्यवस्था छ । गाउँपालिकाले जारी गरेको ऐनमा विवाह गर्दा कसैले पनि दाईजो लिन दिन नहुने विवाह समारोहमा सहभागी हुँदा केटी पक्षबाट वा केटा पक्षबाट आमन्त्रण गरिएका छरछिमेकी ईष्टमित्रले सामान्य उपहार प्रदान गर्दा एक हजार भन्दा बढिको जिन्सी उपहार वा नगद लिनुदिनु नहुने उल्लेख रहेको छ ।
विवाहको कार्यक्रममा केटा पक्षबाट जन्ति लिएर जानु पर्दा बाजागाजा सहित ५१ जना भन्दा बढी लानु पर्ने, केटा पक्ष वा केटी पक्षले आयोजना गर्ने विवाह भोजमा नजिकको नातेदार बाहेक अरु छरछिमेक र ईष्टमित्र मध्येबाट पनि ५१ जना भन्दा बढी लाई आमन्त्रण गर्न नपाईने ऐनमा उल्लेख रहेको छ । त्यस्तै न्वारन, जन्मदिवस, पास्नी चुडार्कम ब्रतबन्ध बुढोपास्नी र पितृ कार्य गर्दा सो कार्यक्रम संग सम्बन्धित नजिकको नातेदार बाहेक अरु छरछिमेकी ईष्टमित्र मध्येबाट २५ जना भन्दा बढी व्यक्तिलाई आमन्त्रण गर्ननहुने र त्यस्ता कार्यक्रममा सहभागी तथा आमन्त्रित व्यक्तिहरुले उपहार दिनुपर्दा एक हजार भन्दा बढी नगद वा सो भन्दा बढीको जिन्सी सरसामान दिनुलिनु नहुने जारी ऐनमा उल्लेख रहेको छ ।
आफ्नो गाउँपालिका भरि मात्र लागुहुने गरि जारी गरेको सामाजिक व्यवहार सुधार ऐन २०७५ मा देउसी, भैलो जस्ता परम्परागत चाडपर्व मनाउने क्रममा कसैलाई पनि करकाप वा जवरजस्ती हुने गरि रकम माग गर्न नपाईने र गाई तिहार, हल तिहार र भाइटिकाको दिन मात्र खेल्नुपर्ने व्यवस्था छ । हाल असमान ज्याला गाउँपालिकामा रहेकोले खेतिपाती होस या अन्य जुनसुकै कामका लागि महिला पूरुषलाई ज्याला समान दिनुपर्ने व्यवस्था रहेको छ ।
नेपाल सरकारको सम्वन्धित निकायमा दर्ता भई मदिरा विक्रिवितरणको ईजाजत प्राप्त पसल तथा दर्ता भएका रेष्टुरेण्टहरुले अन्तशुल्क दस्तुर बुझाएको सिलप्याक मदिरा बेलुका ५ बजे देखि राती ८ बजे सम्म मात्र बेचबिखन गर्न पाईने तर प्लाष्टिक पोकामा राखिएको मदिरा आयात तथा बेचबिखन पुर्णत बन्देज गरिएको व्यवस्था ऐनमा रहेको छ।तर धार्मिक स्थल जस्तै देवालय, मठ मन्दिर गुम्वा, चर्च तथा सरकारी कार्यालय, विधालय र यस्तै अन्य धार्मिक तथा शैक्षिक संस्थाको एक किलोमिटर वरपरको क्षेत्रमा मदिरा तथा सुर्तिजन्य पदार्थ विक्रिवितरण गर्न नपाइने व्यस्था गरिएको छ ।
जारी गरिएको ऐन बमोजिम गर्न नहुने काम कुनैपनि व्यक्ति वा समुदायबाट हुन वा गर्न लागिएको बुझिएमा सो कार्य नगर्नु भनि गाउँपालिका वा वडा कार्यालय मार्फत सम्बन्धित व्यक्तिला’ई मौखिक वा लिखित रुपमा अनुरोध गरिने गाउँपालिका अध्यक्ष विदुर हुमागाईले बताए । उनले उपदफा १६ (क) बमोजिम मौखिक वा लिखित रुपमा अनुरोध गर्दा पनि व्यक्तिले अटेर गरेमा वा गर्न लागेमा यस्तो व्यक्तिउपर कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा जनाउ दिईनुका साथै गाउँपालिका मार्फत प्रवाह गरिने ‘अध्यक्ष हुमागाईले बताए । सामाजिक व्यवहार सुधार ऐन मनहरी गाउँपालिकाले पनि जारी गरेको छ ।
आजको हेटौंडा सन्देशमा यो समाचार प्रकाशित छ ।







