Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

विराटनगरमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु

Company Register

प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल कोरोना उपचार केन्द्र विराटनगरमा मंगलबार देखि प्लाज्माथेरापी सेवा शुरु गरिएको छ । कोरोनाका कडा बिरामीका लागि मंगलबारदेखि प्लाज्माथेरापी सेवा शुरु गरिएको हो । कोरोना अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरी सेवा शुभारम्भ गरेका हुन् । प्रदेश सरकारले कोरोना अस्पतालमा सेवाहरु थप गर्दै लगेको छ । अस्पतालमा आइसियु, भेन्टिलेटर र आइसोलेसन गरी ८० वटा शैय्या सञ्चालनमा रहेको व्यवस्थापक बस्नेतले बताए ।

Advertisement

केन्द्रमा लक्षणसहितका संक्रमितको उपचार हुने गरेको छ भने मंगलबारसम्म केन्द्रबाट ४६१ जना संक्रमित निको भई घर फर्केका छन् भने ६२ जना उपचाररत रहेका छन् । मंगलबार ४१९ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा गरिएको एक हजार २३६ जनाको पिसीआर परीक्षणमा १५५ महिला र २६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...