2025-12-10 1:45 am

प्रतिपक्षद्बारा प्रदेशसभा अवरुद्ध, बजेट पारित हुन सकेन

कर्णाली प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले सरकारले विनियोजन विधेयकमा संशाोधन नगरेको भन्दै संसद अवरुद्ध गरेको बताए। विपक्षीको अवरोधले बजेट पारित हुन सकेन। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विनिययोजन विधेयक २०७६/०७७ प्रदेश सभामा निर्णयार्थ प्रस्तुत गरिसकेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जीवन शाहीले बजेटमाथि प्रदेश सभामा सांसदले राखेका कुराको सुनाई नभएकोले बजेट पारित गर्न नसकिने भन्दै आसनबाट उठेर संसद अवरुद्ध गरेका हुन्। शाहीले खोक्रो आश्वासन र प्रतिवद्धताले सरकार नचल्ने भन्दै  बजेट संशोधन भएको भए अंकसहित संशोधन गर्न माग गरे। नीति तथा कार्यक्रम अनुसार बजेट नआएको भन्दै शाहीले कार्यक्रम अनुसार बजेट नल्याउने भए बजेट अनुसार  नीति तथा कार्यक्रम परिवर्तन गर्न माग गरे। अबरोध भइरहेको समयमा सत्तापक्ष दलका सांसद विन्दमान बिष्टले संसद प्रतिपक्षको भाषण मात्र सुन्ने ठाउँ नभएको भन्दै प्रतिवाद गरेका थिए। प्रतिपक्षलाई अचम्म लागेका कुरा मात्र राख्ने ठाउ संसद नभएको भन्दै सांसद विष्टले विनियोजन विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइयोस् भन्ने माग गरे। त्यसअघि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री कार्यालय लगायतको र आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले आफ्नो मन्त्रालयको बजेटमा सांसदले उठाएका प्रश्नमा जवाफ दिएका थिए। विपक्षी दलको अवरोधपछि संसद बैठक स्थगित भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad