मकवानपुरमा बिहिबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरुमा ७ जना महिला र ८ जना पुरुष रहेका छन् । संक्रमितहरु सबै हेटौँडा उपमहानगरपालिकाकै रहेका छन् । यही भदौ १६ गते स्वाब संकलन गरिएका ८१ जना मध्यमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौँडा जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनु भएको छ ।