
साउन २१, २०७६ काठमाडौः लामो समयदेखि अलपत्र चाबहिल-बौद्ध सडकक्षेत्रका स्थानीबासी मंगलबार विरोधमा उत्रिएका छन्। करिब ४ वर्षदेखि निर्माण थालेर अलपत्र छाडिएको सडक क्षेत्रका बासिन्दा आजित भएर प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुले यसअघि पनि पटक पटक विरोध प्रदर्शन गर्दै आएका छन्। स्थानीयबासी र व्यापारीले अवरुद्ध गरेको चाबहिल-बौद्ध सडकखण्डमा स्थानीय उत्रिएपछि मंगलबार करिब २ घण्टा यातायात प्रभावित भयो। सरकारी निकायले एक महिनाभित्र बाटो पिच गर्न सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिएपछि स्थानीयले यातायात खुलाएका हुन् ।
केही समयअघि स्थानीयको आन्दोलनकै कारण काम सुरु भएको थियो। त्यसयता कुनै पनि सडक निर्माण नभएको कारण देखाइ आन्दोलनमा उत्रेका थिए। पिच नगरेपछि ढल फुटेर बाहिर निस्कँदा यहाँका बासिन्दा हैरान भएका छन्। सडकको अवस्थामा कुनै सुधार नभएपछि उनीहरु आन्दोलनमा उत्रिएका थिए। बौद्बबासीले लामो समसयसम्म धुलो र हिलोको सास्ती खेप्नुपरिरहेको छ। अब लामो सयम यो हैरानी भोग्न नसक्ने स्थानीयको भनाइ छ ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






