मकवानपुरमा शुक्रबार हालसम्मकै सर्वाधिक थप ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरु सबै हेटौंडा उपमहानगरपालिकाको रहेको हेटौंडा जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । शुक्रबार संक्रमित हुनेहरु धेरै युवा अवस्थाका रहेका छन् । मकवानपुरमा पनि कोरोना संक्रमण भएदेखि हालसम्म धेरे जानमा संक्रमण देखिएको हेटौंडा जनस्वास्थ्य निरिक्षक चौलागाईले जानकारी दिएका छन् । शुक्रबार संक्रमित हुनेहरु हेटौंडा उपमहानगरपालिका –४ र १० का धेरै रहेका छन् । यही २४ र २५ गते स्वाब संकलन भएकाका १९७ जनाको रिपोर्ट विहिबार सार्वजनिक गरेको जनाईएको छ ।