Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षक महासंघ हेटौडा नगरसमिती को शिक्षक प्रशिक्षण तालिम आज समापन हुने

Company Register

नेपाल शिक्षक महासंघ हेटौडा नगर समिती को आयोजनामा असोज ६ गते देखि सन्चालन हुँदै गरेको छ दिने ICT तालिम आज समापन हुने भएको छ । आईतबार सम्पन्न पांचौ दिनको तालिममा करिब २०० जना शिक्षकहरुको उत्साहपूर्ण सहभागिता रहेको महासंघका अध्यक्ष श्री दीपक अधिकारीले बताउनुभयो ।

Advertisement

लकडाउनका समयमा शिक्षकहरु प्रविधीमैत्री भएर कक्षाकोठामा प्रवेश गराउन सक्षम बनाउने उद्देश्यका साथ आयोजना गरिएको तालिम अत्यन्तै प्रभावकारी रहेको सहभागीहरुले समेत प्रतिक्रिया दिएका हुन् । प्रविधीमैत्री पाचौं दिनको तालिममा गणित बिषयलाई power point को प्रयोग गरि कसरी सिकाइन्छ?, कसरी एउटा भाषामा लेखिएको बिषयलाई अर्को भाषा परिवर्तन गर्न सकिन्छ?, कसरी zoom मा सहभागी बिद्यार्थीलाई विभिन्न समौहमा बिभाजन गरि स्वतन्त्र रुपमा विभिन्न कार्यहरु गराउन सकिन्छ? जस्ता अत्यन्तै उपयोगी बिषयबस्तुहरु प्रशिक्षण दिईएको थियो । प्रशिक्षणमा आधुनिक राष्ट्रिय माद्यामिक बिद्यालयका शिक्षक श्री कृष्ण गोपाल श्रेष्ठ र महेन्द्र किरण माद्यामिक बिद्यालय, बसामाडि का शिक्षक श्री राजु घिमिरे सहजिकरण गर्नु भएको थियो।

पाँचौ सत्रको प्रशिक्षण कार्यक्रममा शिक्षक महासंघ हेटौंडा नगरसमिति अध्यक्ष दीपक अधिकारीको अध्यक्षतामा, पूर्ब गृहराज्यमन्त्री तथा बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय श्री इन्द्रबहादुर बानिया को प्रमुख आतिथ्यतामा रहेको थियो ।कार्यक्रमको सन्चालन महांघका सचिब श्री अमित बन्जाराले गर्नु भएको हो।

आज हुने छैटौं सत्र तथा समापन कार्यक्रममा Excel sheet बाट बिद्यार्थिको हाजिरी गर्ने तरिका सहितको प्रशिक्षण हुने अध्यक्ष अधिकारीले बताउनुभयो । प्रशिक्षण भानु माद्यामिक बिद्यालयका शिक्षक श्री उन्नती ढकालले गर्नुहुने आयोजकले बताएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...