यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

कस्तो रहला आज दिनभरको मौसम ?


काठमाडौं- पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य मात्र बदली रहेको छ।

Advertisement
आज पनि बिहानैदेखि मौसम सफा देखिएको छ।
आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना छ।
राति प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।