आजको पञ्चाङ्ग
बि.सं. २०७७ असोज १२ सोमवार । इ.सं. 28 September 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलगा । प्रमादी । दक्षिणायन । शरद ऋृतु । अधिक आश्विन शुक्लपक्ष। तिथि द्वादशी , २१:४५ बजे उप्रान्त त्रयोदशी नक्षत्र धनिष्ठा , २४:२८ बजे उप्रान्त शतभिषा योग धृति , २२:०८ बजे उप्रान्त शूल करण वव ०९:३४ बजेदेखि वालव , २१:४५ बजे उप्रान्त गर चन्द्रराशि मकर । आनन्दादी योग शुभ। दिनमान २९ घडी ५० पला । सूर्योदय ०५:५५ बजे । सूर्यास्त बेलुका १७:५१
धनिष्ठा पञ्चक ११:५६ बजे प्रारम्भ।
तपाईको आजको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ योजना बन्नेछ । घुम्न जाने योजनापनि बन्न सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक क्षेत्र र कार्यमा सफलताहरू मिल्नेछन् । आकस्मिक धनलाभपनि होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सफल यात्रापनि रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । व्यापारबाट लाभ हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । नाक तथा घाँटीमा समस्या आउन सक्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।