Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् . २०७७ वैशाख १२ गते को राशिफल

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख १२ गते शुक्रवार ।  इ.सं. 2020 April 24 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख शुक्लपक्ष तिथि प्रतिपदा , ०९:२४ बजे उप्रान्त द्वितीया । नक्षत्र भरणी , १८:०९ बजे उप्रान्त कृत्तिका । योग आयुष्मान् , २३:१२ बजे उप्रान्त सौभाग्य । करण वव ०९:२४ बजेदेखि वालव , २२:०८ बजे उप्रान्त गर । चन्द्रराशि मेष । आनन्दादी योग मुद्गर । दिनमान ३२ घडी ३१ पला । सूर्योदय ०५: ३३ बजे । सूर्यास्त १८: ३३ बजे ।

Advertisement

ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथारोहण (बुंगद्य रथय तइगु)।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।    

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भयपनि छ ।      

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सामाजिक पद र प्रतिष्ठाकमाउने बेलाछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।        

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शुभ समाचार सुन्न पाइएला । कृषि क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । जोश जाँगर र हिम्मत बढ्न सक्छ ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

बन्न लागेको काम विग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज रोकिएको धन पाइएला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ । व्यापार, व्यवसायमा चैं लाभ नमिल्ला ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज आफन्तसंग सहकार्यको अवसर मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ । परिवारमा चिन्ता बढ्न सक्छ ।             

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।    

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । सामाजिक संस्थाबाट सहयोग र पदोन्नतीको सम्भावना प्रवल रहेको छ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...