Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् . २०७७ वैशाख १३ गते को राशिफल

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख १३ गते शनिवार ।  इ.सं. 2020 April 25 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख शुक्लपक्ष तिथि द्वितीया , १०:४५ बजे उप्रान्त तृतीया नक्षत्र कृत्तिका , १९:५८ बजे उप्रान्त रोहिणी । योग सौभाग्य , २३:०४ बजे उप्रान्त शोभन । करण कौलव १०:४५ बजेदेखि तैतिल , २३:१६ बजे उप्रान्त भद्रा । चन्द्रराशि वृष । आनन्दादी योग ध्वज । दिनमान ३२ घडी ३५ पला । सूर्योदय ०५: ३२ बजे । सूर्यास्त १८: ३४ बजे ।

Advertisement

परशुराम जयन्ती। त्रिपुष्कर योग १०:४५ बजेसम्म। सर्वार्थसिद्धि योग १९:५८ बजेपछि।

औलो दिवस

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आज नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ कार्यको योजना बन्ला र शुभकार्यको चर्चा चल्नेछ ।    

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज कार्यमा बाधा आउनेछ । सरकारी निकाएको भय रहला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मालसामान हराउन सक्छ ।        

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ । आत्मबलपनि बढ्नेछ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वादिष्ट भोजन पाईनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउ सकिनेछ । सामाजिक संस्थाबाट सहयोग मिल्नेछ ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कामको योजना बन्नेछ । घरायसी कार्य अघी बढ्नेछ । पारिवारिक जमघटमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् तर साँझमा धन खर्च हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरायसी कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।             

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज यात्राका योजना विफल हुनेछ । शैक्षिक क्षेत्र कमजोर नै रहनेछ तर आत्मबल बढाएर काम गरेमा सफलता मिलनसक्छ ।    

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । शुभकार्यको योजना बन्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...