तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईंलाई कुनै नयाँ काम कारोबार तथा व्यवसाय गर्ने सोच बिचार आउला , तपाईंले आज गरेका काम अधुरो हुनेछैन , आज कुनै महत्त्वपूर्ण कार्य तथा निर्णयमा सहभागी भईएला।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन कुनै पदिय जिम्मेवारी बढ्ला, भाग्योदयको समय छ । कुनै गुप्त बिद्या तथा प्रमार्थ चिन्तनमा समय बित्ला , तपाईं आज कुनै न कुनै क्षेत्रमा प्रशंसित हुनुहुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन शैक्षिक तथा आर्थिक लाभ प्राप्त होला, आज कुनै पनि नयाँ अवसर आउनसक्छ, मन हर्षित होला, तरपनी दिउसोबाट आखामा समस्या आउनसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन तपाईंलाई सहयोग गर्ने भावना भएपनि उचित ठाउँमा नहुन सक्छ, तपाईंको इमानदारीताको अरुले फाइदा उठाउन सक्छन् ,सावधानी अपनाउनु होला व्यर्थको भ्रमण तथा खर्च होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन श्रीमती आज्ञाकारी हुने तथा प्रेममा वृद्धि होला, बिदेश यात्राका अवसर पनि आउनसक्छ, कुनै पनि मनोरञ्जनात्मक कार्यमा सहभागिताले मन प्रसन्न रहला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन भाग्योदय होला, विभिन्न धार्मिक तथा सामाजिक कार्यमा सहभागी भईएला, आजको दिन तिर्थयात्रा तथा पुजापाठमा समय बित्ला, समग्रमा आजको दिन राम्रो छ ।