Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सोमबारदेखि सबै सार्वजनिक यातायात चलाउने तयारी

Company Register

यातायात व्यवसायीहरूले प्रशासनको निर्देशन अवज्ञा गरेर सबै किसिमका गाडी चलाउने भनेर दिएको म्याद तीन दिन पर सरेको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग संयुक्तरूपमा आज भएको छलफलपछि व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरू आउँदो आइतबारसम्म पर्खिन सहमत भएका छन् । कोभिडको अवस्था हेरेर सोमबारदेखि जोरबिजोर नगरी सबै किसिमका गाडी चलाउने नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए ।

Advertisement

यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूले शुक्रबारदेखि छोटो तथा लामो दुरीका सबै गाडी चलाउने भनेर काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए । तीन वटै जिल्ला प्रशसनले गत १५ गतेदेखि जोरबिजोरका आधारमा २५ सिट क्षमताभन्दा माथिका स्थानीय गाडीमात्रै चलाउन संयुक्त निर्देशन जारी गरेका थिए । व्यवासायी र मजदुरका सङ्गठनले जोरबिजोर नमान्ने र सबै किसिमका गाडी एकसाथ चलाउने चेतावनी दिएका थिए । बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा काठमाडौँ, ललितपुर र भक्तपुर, तीवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

अध्यक्ष भण्डारीका अनुसार कोभिड संक्रमण अहिलेको भन्दा नबढे सोमबारदेखि लामो, मध्यम तथा छोटो दुरीका सबै गाडी चल्नेछन् । संक्रमण बढेको अवस्थामा सोही अनुसार निर्णय हुनेछ । ‘हामीले भोलिबाट सबै सार्वजनिक यातायात सञ्चालन गर्ने भनेका थियौँ’ उनले भने, ‘सिडियो साबले हाम्रो माग बुझ्नुभयो र दुई दिन थप समय माग्नुभयो, २१ गतेबाट सवारी सञ्चालन गर्ने सहमित भयो ।’ यातायात सञ्चालन गर्दा अपनाउनु पर्ने मापदण्डहरू पनि तोकिएका छन् । कोरोना भाइसरबारे प्रचारप्रसार गर्नुपर्नेछ । मजदुरले मास्क र फेससिल्ड लगाउनु पर्नेछ । गाडीको ढोकामा स्यानीटाइजर राखेको हुनुपर्नेछ । यात्रुले मास्क लगाउनु पर्नेछ र खुद्रा पैसा बोकेर मात्र गाडी चढ्नु पर्नेछ । अनुगमनका क्रममा मापदण्ड नअपनाएको भेटिए प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...