प्रधानमन्त्री केपी शर्मा ओली उपाचारका लागि भदौ ५ गते सिंगापुर जाने भएका छन्। करिब एक साताअघि सिंगापुरमा उपचार गराएर फर्किएका ओली फलोअपका लागि सिंगापुर जान लागेको बालुवाटार स्रोतले जनाएको खबर नागरिक दैनिकमा छ । 

बालुवाटार स्रोतका अनुसार चिकित्सकले सिफारिस गरेका औषधीले साइड इफेक्ट देखिएकाले तत्कालै सिंगापुर जानुपरेको बताइएको छ। औषधीको साइड इफेक्टकै कारण प्रधानमन्त्री ओलीलाई ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या देखिएको स्रोतको भनाइ छ ।

आइतबार संसदलाई सम्बोधन गरेको प्रधानमन्त्रीले असहज गर्नुभएको देखिन्थ्यो। ‘त्यो औषधिको साइड इफेक्टका कारण हो।’ स्रोतले भन्यो, ‘चिकित्सकले पनि औधधीको साइड इफेक्ट भएको जानकारी गराएका थिए।’