Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोरोना भाइरसका कारण भ्रमण वर्ष २०२० स्थगित

Company Register

सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव राखेको स्रोतले जानकारी दिएको हो ।

Advertisement

त्यस्तै कोरोनाकै कारण सरकारले पहिलो पटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम समेत स्थगित गर्ने निर्णय गरेको छ । सरकारले अर्को सातादेखि ‘अनअराइभल भिसा’मा पनि रोक लगाउने निर्णय गरेको जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै नेपालले कोरोनाको संक्रमण हुनबाट जोगाउन विभिन्न तयारी समेत गरेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...