Comments Add Comment

प्रगति माविमा डेंगु सम्बन्धी सचेतना कार्यक्रम

हेटौंडा– हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयमा आईतबार डेंगु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । पछिल्लो समय हेटौंडामा डेंगुका संक्रमण बढ्दै गएकाले विद्यार्थीहरुलाई सचेत गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ वडा कार्यालयतथा नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नर्सिङ संघ मकवानपुरकी अध्यक्ष निर्मला भ्लोन, र उपाध्यक्ष गङ्गा दाहालले डेंगु रोगसम्बन्धी जानकारी गराउनु भएको थियो । डेंगु रोगको कारण, यसका लक्षण तथा बच्ने उपायका सम्बन्धमा नर्स गङ्गा दाहालले जानकारी गराउनुका साथै विद्यार्थी तथा अभिभावकहरूको जिज्ञासाको जवाफ दिनु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमणि अधिकारीको अध्यक्षता तथा ९ नम्बर वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा टोल विकास ९ नम्बर वडा समन्वयका अध्यक्ष यदुवंश खतिवडा, शिक्षक अभिभावक संघका अध्यक्ष ओमप्रकाश बाबु मल्ल, प्रधानाध्यापक निरन्जप्रसाद ढकाललगायले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो । यस अघि पनि ९ नम्बर वडा कार्यालयले वडाका २४ वटै टोल विकास संस्थामा डेंगु सम्बन्धी सचेतना कार्यक्रम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर