मकवानपुरमा आइतबार थप १ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ सय २ जनामा कोरोना पुष्टि भएको हो । जिल्लाको १० स्थानीय तहमा ६६ जनाको पिसिआर तथा ३६ जनाको एन्टिजेन परिक्षणबाट पोजेटिभ रिपोर्ट आएको हो ।