Comments Add Comment

भीम विरागले ६ जनालाई पुरस्कृत गर्ने

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले यस वर्ष पनि ६ वटा विधामा ६ जनालाई पुरस्कार समर्पण गर्ने भएको छ । प्रतिष्ठानले पुस ९ गते शनिबार हेटौंडामा विशेष समारोहका बीच समाजको विभिन्न क्षेत्रमा योगदानमा पुर्‍याएको साहित्यकार, कलाकार, स्वास्थ्यकर्मी लगायतलाई पुरस्कार प्रदान गरिने भएको हो । प्रतिष्ठानले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै पुरस्कार बारे जानकारी दिइएको थियो ।

यस वर्ष तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कारबाट मकवानपुरकी साहित्यकार भावना सापकोटालाई प्रदान गरिने जनाएका छन् । उनलाई नगद १० हजार सहित दोसल्ला ओढाएर सम्मानित गरिने जनाइएको छ । त्यस्तै, २० हजार नगद राशिको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार गायक रविन्द्र कुमार चेपाङलाई प्रदान गरिने बताएका छन् ।

यसैगरि १५ हजार नगद राशिको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार बासुदेव गुरागाईं र १० हजार राशी सहितको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार वेला वैद्य तथा १० हजार राशी सहितको अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार विदुर अधिकारीलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यले जानकारी दिएका छन् । त्यस्तै, ७ हजार पाँचसय नगद राशीको भीम–मथुरा बाल प्रतिभा पुरस्कार सुविज्ञा सुवेदीलाई प्रदान गरिनेछ । प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष उज्वल शर्मा भण्डारी, उपाध्यक्ष विष्णुगोपाल महर्जन, प्रतिष्ठानका सल्लाहकार मुक्तिगोविन्द वैद्य लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर