Comments Add Comment

नेपालमा थप १२२८ जनामा कोरोना पुष्टि , ६ जनाको ज्यान गयो

नेपालमा गएको २४ घण्टामा एक हजार दुई सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार चार सय १३ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय २८ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा नौ सय १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार दुई सय सात पुगेको छ । अब नेपालमा १८ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार सात सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर