मकवानपुरको पुर्वी गाउँपालिका बकैया गाउँपालिकाले इसाई धर्माबलम्बीहरूको चाड क्रिसमसको अवसरमा गाउँपालिका भर सार्वजनिक विदा दिने भएको छ । बुधबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जारी गरेको सूचनामा पुष १० गते क्रिसमसको अवसरमा सार्वजनिक विदा दिने जनाईएको छ ।