Comments Add Comment

मकवानपुरगढीको वडा नंम्बर २ र ७ मा पनि गठबन्धनको अग्रता कायमै

मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ मा ७०० मत गणना गरिसक्दा गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवारले ३७७ र नेकपा एमालेका उम्मेदवारले २३४ मत प्राप्त गरेका छन् भने पालिका उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले ३२० र नेकपा एमाले उम्मेदवारले १९९ , राप्रपा नेपालका उम्मेदवारले १३ मत प्राप्त गरे ।

यसैगरी वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले ३५८ , एमालेका उम्मेदवारले २०७ , माओवादीका उम्मेदवारले १०० र राप्रपाका उम्मेदवारले १३ मत प्राप्त गरे । त्यस्तै वडा ७ को पनि ७०० मत गणना गर्दा गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवारले ३९८ र नेकपा एमालेका उम्मेदवारले १९७ मत प्राप्त गरेका छन् ।

यसैगरी पालिका उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले ३८७ , एमालेका उम्मेदवारले १८७ र राप्रपाका उम्मेदवारले ४ मत प्राप्त गरे । वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले २८९ , एमालेका उम्मेदवारले १८५ , माओवादीका उम्मेदवारले १६५ र राप्रपाका उम्मेदवारले ९ मत प्राप्त गरेका छन् । अहिले वडा २ र ७ को मत गणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर