मकवानपुरमा सोमबार बिहान ३५ संक्रमित थपिएका छन् । हेटौंडा–१० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा मंसिर ७ गते संकलन गरेको स्वाब मध्यमा ३५ जनामा संक्रमण भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले बताएका छन् । संक्रमण हुनेहरुमा पुरुष्षको तुलनामा महिलाहरु धेरै रहेका छन् । १९ जना महिला र १६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।