हेटौँडामा टिपरले मोटरसाईकललाई ठक्कर दिएको छ । हेटौँडा उपमहानगरपालिकाको मुख्य बजारको राप्तिरोडमा चितवनतर्फ जाँदै गरेको ना १७ प ४१७८ नम्बरको मोटरसाइकल सोहि दिशाबाट गुडिरहेको ना ८ ख ५००६ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकको अवस्था सामान्य रहेको र हेटौंडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।