नेपाली चलचित्रका महानायक राजेश हमाल आज हेटौंडा आईपुग्ने भएका छन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टको एजुकेशन एक्सपोज कार्यक्रममा हमाल आज मंगलबार हेटौंडा आईपुग्ने भएका हुन् । कार्यक्रमको प्रमुख वक्ताको रुपमा हमाल हेटौंडा आउन लागेको हेटौंडा स्कुल अफ म्यानेजमेन्टका कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा हमालले विद्यालयतह सकेर उच्च शिक्षा अध्ययन सुरु गरेका विद्यार्थीहरुलाई अभिमुखीकरण गराउने कार्यक्रम तय भएको उनले बताए । हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा बिहान १० बजेदेखि अपरान्न ४ बजेसम्म हुने कार्यक्रममा विद्यार्थीहरुको पठन पाठनसँग सम्बन्धित विषयमा कार्यक्रममा छलफल हुने बताईएको छ ।