Comments Add Comment

कात्तिक ८ गते हेटौडामा झिलिमिलि झिल्ला कार्यक्रम हुने

मकवानपुर सांस्कृतिक संरक्षण मञ्चको आयोजनामा कात्तिक ८ गते शुभ दीवापलीको शुभकामना आदानप्रदान सहित संस्कृतिक कार्यक्रम ‘झिलिमिलि झिल्ला’ हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चका सचिव आशाकाजी श्रेष्ठले सांस्कृतिक सभाहल निर्माणका लागि कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

हेटौंडा १० मा सांस्कृतिक सभाहलको निर्माण कार्य समेत सुरु भईसकेको उनले जानकारी दिए । सभाहल निर्माणको लागि ३० लाख ९७ हजार रुपैयाँ खर्च लाग्ने उनले बताए । सांस्कृतिक सभाहल नहुँदा जिल्लाका कलाकारहरुलाई परेको समस्या समाधान गर्ने उद्देश्यले भवन निर्माणको सुरुवात गरिएको मञ्चका अध्यक्ष भेष खड्गीले जानकारी दिए । उनका अनुसार जिल्लामा रहेको कलाकारहरुलाई यस हलले निकै सहयोग पु¥याउनेछ ।

कात्तिक ८ गते हुने कार्यक्रममा हाँस्यकलाकार मनोज गजुरेल, प्रीति आले लगायत जिल्लाका कलाकारहरुको उपस्थिति रहने मञ्चका कोषाध्यक्ष प्रलय चौलागाईले जानकारी दिए । हेटौंडा १० मा रहेको सोलिड्यारीटि स्कूलको सभाहलमा हुने कार्यक्रममा ५ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान समेत गरेको छ । कार्यक्रममा सहभागितको लागि ५ सय, एक हजार र २ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर