2025-12-10 2:55 am

पूर्व विद्यार्थी समाजको तदर्थसमिति गठन

हेटौंडाः हेटौंडा–४ मा रहेको हेटौंडा क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । शनिबार सम्पन्न पूर्व विद्यार्थी भेला तथा मित्रमिलन कार्यक्रमले बालकृष्ण चौलागाईँको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको सहसंयोजकमा अशोक सारु र सुनिल बानिया रहने गरी पूर्व विद्यार्थी समाज हेटौँडा क्याम्पस तदर्थ समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा रमा चौलागाईँ, रिपेश दाहाल, डि.बि. बर्तौला, सुलभ अधिकारी, ममता घिमिरे, सरिता ढकाल, दिनेश सुबेदी, निश्चला श्रेष्ठ, दिनेश उप्रेती र निर्मला तिमल्सिना चयन हुनुभएको छ । 
क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष श्रीचन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष आनन्दराम पराजुलीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा सञ्चालक समितिका कोषाध्यक्ष कमानसिंह पाख्रिन, सदस्य प्रदीप कोइराला, नमुना पाण्डे, क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुख देवीराम लामा, रामबहादुर भण्डारी, प्राध्यापक संघका अध्यक्ष भूपेन्द्र कोइराला, संस्थापक स्ववियु सभापति अशोक सारु, निवर्तमान स्ववियु सभापति अच्युत पराजुली, पूर्व विद्यार्थी सुमित्रा काफ्ले, निमेष निखिल, डा. रामप्रसाद अधिकारी लगायतको आतिथ्य रहेको थियो । स्ववियु अध्यक्ष उमेश पुरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम आयोजक समितिका संयोजक मनोज पोखरेलको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad