
भदौ ७, २०७६ चितवन : भरतपुर महानगरपालिका ज्योतिनगरमा एक व्यक्तिले घाँटी रेटेर आत्महत्या गरेका छन्। माडी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामबहादुर भुजेलले शनिबार चक्कुले घाँटी रेटेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
भुजेल भरतपुर महानगरपालिका २६ ज्योतिनगरमा रहेको भिनाजू यमबहादुर ढकालको घरमा भेटघाटका लागि आएका थिए। उनले भिनाजूको घरको बाथरुममा साढे ४ बजेतिर घाँटी रेटेर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ। मृतक भुजेलका श्रीमती, एक छोरा र एक छोरी छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






