
नेपाल टेलिभिजनमा प्रशारण हुदै आएको मेगा डान्स रियालिटी शो रियो छमछमी सिजन ४ मा हेटौँडाकी सन्ध्या आचार्य उत्कृष्ट ९ मा पर्न सफल भएकी छन् ।
शनिबार राती भएको टप ९ मा उनी पर्न सफल भएकी हुन् । शनिबार भएको प्रतिस्पर्धाबाट नेपालगञ्जका सृजन रावल बाहिरिएका छन् । टप ९ मा छानिएपछि उनलाई भोटको झनै आवश्यक भएको छ । उनले भनिन् ‘तपाईहरुको भोट र मायाले गर्दा टप ९ मा छनौट भएको छु । उपाधी चुम्नको लागि अझै धेरै मेहनत र सहयोग चाहिन्छ । आफूले पनि सक्दो प्रयास गर्नेछु र त्यति नै तपाईहरुको मायाको पनि खाचो छ । ’ त्यसैले उनले सबैमा भोट गरिदिन हुन अनुरोध गरिन् ।
उनलाई भोट गर्न मोबाईलको मेसेज बक्समा गएर CC लेखी एक स्पेश छोडेर उनको भोटिङ कोड ०८ लेखि ३१००९ मा पठाउनुपर्ने हुन्छ । । सन्ध्या आचार्य छमछमी सिजन ४ की उपाधीको होडमा हेटौंडाबाट एकमात्रै दाबेदार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




