मकवानपुरगढी गाउँपालिकाको वडा नंम्बर २ र ७ भर्खरै ताजा अपडेट भएको छ । वडा नंम्बर २ को ताजा मत परिणाम अनुसार ९०० मत गणना गर्दा गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवारले ४८६ , नेकपा एमालेका उम्मेदवारले २९६ र राप्रपाका उम्मेदवारले ११ मत प्राप्त गरेका छन् । यसैगरि उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले ४०५ , एमालेका उम्मेदवारले २६४ र राप्रपाले १६ मत ल्याएका छन् । त्यसैगरि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले ४६६ , एमालेका उम्मेदवारले २६८ र राप्रपाका उम्मेदवारीले १६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी वडा नंम्बर ७ को ९०० मत गणना गर्दा गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवारले ५११ , एमालेका उम्मेदवारले २५७ र राप्रपाका उम्मेदवारीले २ मत ल्याएका छन् । उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले ४९०, एमालेका उम्मेदवारले २४५ र राप्रपाका उम्मेदवारले ५ मत प्राप्त गरे । त्यस्तै वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले ३६७ , एमालेका उम्मेदवारले २३९ र माओवादीका उम्मेदवारले २११ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेका छन् ।