मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित सिपाली चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटना हुँदा घाईते भएका सुमन बयलकोटीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हटियाबाट चौघडातर्फ जाँदै गरेको तीन जना चढेको अनटेष्ट स्कुटर दुर्घटना हुँदा घाईते भएका बयलकोटीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।