Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शनिबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट

Company Register

Advertisement

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ। दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नं २ भिड्ने छन्। राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा देशभरका आठ टोली सहभागी हुनेछन्।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। समूह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, प्रदेश नं २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् भने समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं(१ छन्। प्रतियोगिताका सबै खेल २० ओभर खेलाइने छन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...