हेटौंडा उपमहानगरपालिका वडा नंम्बर –४ का वडाध्यक्ष नबिन सिग्देलमाथि कार्यकक्षमै कुटपिट भएको छ । नेकपा एमाले मकवानपुरका सचिव समेत रहेका सिग्देलमाथि एमाले मकवानपुरका जिल्ला सदस्य सानु लामा दोङले कुटपिट गरेका हुन् ।

भुटनदवी स्कुलको सटरको भाडाको विबादमा लामाले वडाध्यक्ष सिग्देललाई कार्यकक्षमै गएर कुटपिट गरेको हो । सिग्देलले जिल्ला प्रहरी कार्यालयमा पुगेर लामाविरुद्ध कुटपिट गरेको भनि उजुरी समेत दिएका छन् । कुटपिट गरेर लामा फरार भएका छन् । उनलाई प्रहरीले खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले जनाएका छन् ।