मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मकवानगुरगढी गाउँपालिका वडा नंम्बर ३ स्थित राम प्रसाद सञ्जेलको घरको छत ढलान गर्ने क्रममा भाईब्रेसन मेसिन चलाउँदा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए । उपचारको क्रममा हेटौंडामा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पर्सा जगनाथपुर गाउँपालिका–४ घर भएका २८ वर्षीय नन्दु राम हजारा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।