
मकवानपुर – लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डले दिव्य सेवा निकेतन, हेटौंडालाई खाद्यान्न सहयाेग गरेको छ ।
सहयाेग कार्यक्रममा दुई बोरा चामल, दाल, चिनी, चियापत्ति, तेल, विस्कुट, पिठो, नुन लगायतका सामग्री वितरण गरेको कार्यक्रम संयोजक अप्सरा मानन्धरले बताईन् । कार्यक्रम लायन्स क्लब इन्टरनेशनल ३२५ वि २ की क्षेत्रीय प्रमुख अंकिता सुमार्गीको प्रमुख आतिथ्य तथा लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डकी अध्यक्ष रश्मी बस्नेतको अध्यक्षतामा भएको हाे ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ वि २ की जोन चेयरपर्सन शोभा श्रेष्ठ, दिव्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौला, लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डकी पुर्व अध्यक्षहरु माधवी बोस, आशिका श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




