Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पूर्व शिक्षामन्त्रीद्वारा संगठन मकवानपुरलाइ बधाइ- थाहा नगर शिक्षक प्रशिक्षणको भोलि समापन

Company Register

Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको अनलाइन शिक्षक प्रशिक्षणको ५२ औं सत्र तथा स्थानीय थाहानगरको पाँचौं दिनको शिक्षक प्रशिक्षणात्मक भेला आज समपन्न भएको छ ।

पूर्व शिक्षामन्त्रीद्वारा डा गंगालाल तुलाधरको प्रमूख आतिथ्यता रहेको शिक्षक प्रशिक्षण भेलालाइ STFTनेपालका केन्द्रिय सदस्य देवीप्रसाद पण्डितले प्रशिक्षण दिनुभएको हो । भेलालाइ संवोधन गर्दै प्रमूख अतिथि तुलाधरले अबको शिक्षा न हिजोजस्तो र न अहिले सोचेजस्तो स्वरुपमा हुनसक्छ, त्यसैले विपद्को अनिश्चिततालाइ आंकलन गर्दै शिक्षकलाइ तयार रहन आग्रह गर्नुभयो । पूर्व शिक्षामन्त्री तुलाधरले शिक्षक संगठन मकवानपुरले आज ५२ औं दिनसम्म पनि शिक्षकलाइ यसरी प्रविधिको प्रययोगद्वारा प्रशिक्षित गरिरहेकोमा शुभकामना पनि ब्यक्त गर्नुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

औपचारिक सत्रमा मन्त्री तुलाधरको छोटो प्रशिक्षणपछि भेलालाइ STFTनेपालका केन्द्रिय सदस्य देवीप्रसाद पण्डितले प्रशिक्षण दिनुभएको हो । प्रशिक्षणका क्रममा पण्डितले गुगल सर्च इन्जिनको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो ।

संगठन थाहा नगर अध्यक्ष रमेशमान डंगोलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाइ सचिव मनोज लामिछानेले सञ्चालन गरेका हुन् । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पौडैल बागमती प्रदेश उपाध्यक्ष सुभद्रा अधिकारी सदस्य राधा पौडेल मकवानपुर अध्यक्ष श्रीराम दाहाल उपाध्यक्ष लक्ष्मी गजुरेल,सहसचिव प्रतिमा गौतम, लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुली अध्यक्ष पुरुषोत्तम पाहाडी, रसुवा उपाध्यक्ष आङ्ग माँयाँ शेर्पा,पर्वत अध्यक्ष चिरञ्जवी अधिकारी, मकवानपुर जिल्ला समिति सल्लाहकार लक्ष्मी चौलागाइ, पूर्व सचिव केशव प्रसाद सञ्जेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सह कोषाध्यक्ष चन्द्रादेबी लामा बल,सचिवालय सदस्य कृष्ण पौडेल जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य सविता लामिछाने, भगवती पुडासैनी शिब प्रसाद चौलागाइ चुडा पौडेल हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी संगठन नगर सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष शिब प्रसाद लामिछाने, बकैया पालिका उपाध्यक्ष हरिरहर खनाल धादिङ सदस्य सरस्वती पाण्डे, मणिराम छतकुली शिक्षक महासंघ केन्द्रिय प्रतिनिधी बिष्णुमान श्रेष्ठ लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा ५३ औं सत्र तथा थाहानगर प्रशिक्षणको समापन समारोह नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यतामा भोली नियमित समयमा ११ बजे सञ्चालन गर्ने जिल्ला अध्यक्ष श्रीराम दाहालले बताउनुभयो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...