यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेटौंडाका २९ जना सहित मकवानपुरमा सोमबार बिहानै ४२ संक्रमित थपिए


मकवानपुरमा कोरोना संक्रमितहरु दिनानुदिन बढिरहेको छ । सोमबार बिहानै ४२ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार बिहान आएको रिपोर्टमा १७ महिला र २५ पुरुषमा संक्रमण पुष्टी भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएको छ । असोज २३ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको १२० जनाको परीक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको निरिक्षक चौलागाँईले जानकारी दिएको छ । संक्रमित हुनेमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका २९ जना र बागमती गाँउपालिकाका १३ जना रहेको छ ।

Advertisement
