Comments Add Comment

आईपिएल : दिल्लीलाई पराजित गर्दै मुम्बई शीर्षस्थानमा

ईन्डियन प्रिमियर लिग आईपिएलमा साविक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन आवश्यक थियो । पहिलो बलमै क्रुनाल पान्ड्याले स्टोइनिसलाई चौका प्रहार गरे । दोस्रो र तेस्रो बलमा एक एक रन बटुल्दा चौथो बलमा क्रुनालले चौका प्रहार गर्दै जित पक्का गराए ।

यो जितसँगै मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीको पनि ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकनै भएपनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित नेट रन रेटको आधारमा चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित र हार सहित पाँचौ स्थानमा छ । राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर