विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानबाट राजीनामा दिने घोषणा गरेका छन् । केही दिनअघि उनले भारतको राष्ट्रिय टिममा ट्वेन्टी–ट्वेन्टीको कप्तानबाट बाहिरिने घोषणा गरेका थिए । ३२ वर्षका कोहलीले जारी आपिएलको अन्त्यसँगै कप्तान पद छोड्ने घोषणा गरेका हुन् । कोरोना भाइरसको महामारीका कारण रोकिएको आपिएलका खेलहरु आइतबारदेखि सुरु भएको छ । उनले विश्वकपपछि भारतको ट्वेन्टी–ट्वेन्टी कप्तानी छोड्ने छन् । तर उनी एकदिवसीय र टेस्ट टिमको भने कप्तान रहने छन् ।