बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । केही दिनदेखि उपचाररत एक महिलाको आज बिहान र एक पुरूषको शुक्रबार राति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो । उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनी भदौ १७ गते अस्पताल भर्ना भएकी थिइन् । बुटवल ११ का ४० वर्षीय पुरूषको भने शुक्रबार राति ११–१० बजे मृत्यु भएको डा.गौतमले बताए ।