सरकारले खोप अभियानलाई प्रभावकारी बनाउन मघ १६ गतेदेखि चार दिनसम्म विद्यालय खोल्ने निर्णय गरेको छ । कोरोनाको तेस्रो लहरको संक्रमण फैलिए पछि बन्द भएका विद्यालयहरु खोप अभियानका लागि खोल्ने निर्णय सरकारले गरेको हो ।

मंगलबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को बैठकले खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको हो । चार दिनमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोभिड –१९ विरुद्ध खोप लगाइनेछ ।