
कपिलवस्तु । महाराजगंज नगरपालिकाले मगंलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले नेपालका हिन्दू मुस्लिमले मनाउने मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
महाराजगंज नगरपालिकामा हिन्दू मुस्लिमको बाहुल्यता छ । हिन्दू मुस्लिमले सद्भाव पर्वको रुपमा मोहर्रम मनाउने गर्छन् । नगरपालिकामा हिन्दू मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।
मुस्लिम समुदायले मात्र नभइ नगर क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले आपसी भाइचाराको रुपमा मोहर्रम पर्वमा मनाउँदै आएका छन् ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






